मंगलबार अमेरिकी डलरको भाउ बढ्दा अरु विदेशी मुद्रा पनि बढ्यो

 चैत ४, २०७६ मंगलबार ११:४:४६ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार घटेको अमेरिकी डलर मंगलबार फेरि बढेको छ । अमेरिकी डलरसँगै खाडीका देशका मुद्रा पनि बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०८ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३०८ रुपैयाँ ३७ पैसा तोकेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा नै रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ३८१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४३ पैसा तोकिएको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ३१२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१३ रुपैयाँ ७३ पैसा रहेको थियो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया