सिन्धुलीमा ३९ शय्याको क्वरेन्टीन स्थल निर्माण

 चैत १३, २०७६ बिहिबार १६:३४:५५ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा रहेको भूसंरक्षण कार्यालयका भवनमा ३९ शय्याको क्वरेन्टीन स्थल निर्माण गरिएको छ ।

कमलामाई नगरपालिका, नेपाली सेनाको बद्र्धबहादुर गण, सिन्धुली अस्पताल र नेपाल रेडक्रस सोसाईटी शाखा सिन्धुलीको सक्रियतामा क्वरेन्टीन निर्माण गरिएको नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिनुभयो ।

अहिले ३९ वटा शय्याको क्वरेन्टीन निर्माण भए पनि आवश्यकता अनुसार अरु १० वटा बेड थप्न  आवश्यक सबै सामग्री तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्वरेन्टीन निर्माण गर्न बद्र्धबहादुर गणले खाट, म्याट्रेस, तन्ना र रेडक्रसले जग र बाल्टिन सहयोग गरेको छ ।’ 

क्वरेन्टीन निर्माण गर्न जिल्ला प्रशासन कार्यालय बसेको पुरानो भवन पनि तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ । 

त्यस्तै मरिण गाँउपालिकाले पनि मरिण बहुमुखी क्याम्पसमा पाँच सय जना क्षमताको क्वरेन्टीन निर्माण गर्न तयारी सुरु गरेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिुनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया