मलेसियामा मेसिनमा च्यापिएर खोटाङका एक युवकको ज्यान गयो

 साउन ११, २०७५ शुक्रबार १७:३२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – मलेसियामा मेसिनमा च्यापिँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका सुवास आचार्यको  बिहीबार मृत्यु भएको छ । 

पानीको बोतल भर्ने र प्याक गर्ने कम्पनीमा कार्यरत २२ वर्षीय आचार्यको मेसिनमा च्यापिएर मृत्यु भएको सुरक्षित आप्रवासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माले जानकारी दिनुभयो । 

गुल्मी घर भई हाल मलेसियामा सँगै कार्यरत राजु पछाईका अनुसार आचार्यको शव मेसिनमा च्यापिएको अवस्थामा फेला परेको थियो । २०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि मलेसियास्थित डियु फिडर (एम–एसडिएन–डिएचडी) कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा काम गर्न पुगेका थिए ।

मृतकको शव ल्याउनका लागि पहल भइरहेको सूचना केन्द्रले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया