प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा ११ बजे सम्बोधन गर्ने

 चैत २५, २०७६ मंगलबार ८:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा टिव्टरमा यसबारेमा लेख्नुभएको छ । उहाँका अनुसार प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गर्ने हुनु भएको छ ।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने सूर्य थापाले जानकारी दिनुभएकाे छ ।

प्रधानमन्त्रीको सम्बोधन कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण र त्यसको रोकथामका लागि सरकारले गरिरहेको प्रयासका बारेमा केन्द्रित हुने बताइएको छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया