अमेरिकाको दबाबपछि भारतद्वारा कच्चापदार्थ तथा औषधिको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा

 चैत २५, २०७६ मंगलबार १७:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतले विभिन्न २४ प्रकारका औषधिजन्य कच्चापदार्थ तथा औषधिको निर्यातमा लगाएको  प्रतिबन्ध फुकुवा गरेको छ । 

भारत सरकारले विज्ञप्ति निकालेर कच्चापदार्थ तथा औषधिमा लगाएको प्रतिबन्ध फुकुवा गरेको जनाएको बीबीसीले जनाएको छ।

भारतले गएको महिना (मार्च)मा आफ्नै देशका लागि औषधि आवश्यक रहेको भन्दै प्रतिबन्ध लगाएको थियो ।  कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वभर नै औषधिको आपूर्ति व्यवस्थामा असर परेको थियो ।

एक महिना भित्रै भारतले प्रतिबन्ध फुकुवा गर्नुको कारण भने स्पष्ट पारिएको छैन। तर अमेरिकाले दिएको दबाव थेग्न नसकेपछि प्रतिबन्ध फुकुवा गर्न भारत बाध्य भएको खबरमा उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले औषधि निर्यात गर्न नदिए कडा प्रतिक्रियाको सामना गर्नु पर्ने चेतावनी दिएपछि भारतले औषधिमा लगाएको प्रतिबन्ध फुकुवा गरेको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया