डब्लूएचओको टोली उदयपुरको भुल्केमा

 बैशाख १३, २०७७ शनिबार ९:५८:४४ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा २८ जना सङ्क्रमित पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) को टोली उदयपुर आएको छ । 

कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेलको नेतृत्वामा डब्लूएचओेको टोली उदयपुर आएको हो ।
स्वास्थ्य सेवा विभाग टेकुका इडीसीडीका लिलाविक्रम थापा, प्रदिप रिमाल, पशुसेवा विभागका डा. सुजन रानाको टोली बिहीबार त्रियुगा नगरपालिका३, भुल्केमा आएको हो ।

उक्त टोलीले सङ्क्रमित क्षेत्रको अवस्था विश्लेषण गरि अवको रणनीतिको बारेमा कोरोना नियन्त्रण उच्च स्तरिय संयन्त्रलाई सुझाव पेश गर्नेछ । स्वास्थ्य कार्यालय उदयपुर र नगरपालिकालाई सहयोग पुर्याउनको लागि टोली आएको टोलीका सदस्य प्रदिप रिमालले बताउनुभयो । 

हालसम्म टोलीले सङ्क्रमित क्षेत्रमा गई बालबालिकाहरुको स्वास्थ्यको अवस्थाको बारेमा बुझेर त्यस समुदायमा सामान्य किसिमका बिरामीहरु देखिएकोले नगरपालिकालाई दिएको सुझाव अनुसार शुक्रवार १ दिने स्वास्थ्य शिविर सञ्चालन भएको रिमालले बताउनुभयो । 

सङ्क्रमित क्षेत्रमा रहेका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रमा गरी २ वडामा कोरोना सङ्क्रमित भेटिएको खण्डमा कसरी उपचार गर्नै निगरानी कसरी गर्ने, सङ्क्रमितको सम्पर्कमा आएकाहरुको निगरानी फर्म भर्ने, भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम चलाएको रिमालले बताउनुभयो ।

कोरोना कहाँ र कसरी भित्रियो, सङ्क्रमण कुन तहमा जादैछ, कोरोना कसरी फैलँदै छ भन्ने विषयमा स्वाब संकलन गरिएको रिपोर्ट र टोलीले गरेको स्थलगत अनुसन्धानको आधारमा मात्र निष्कर्ष निकालिने टोलीका सदस्य रिमालले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया