सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
धनकुटा – कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोक्न धनकुटाको चौबिसे गाउँपालिकालाई पाँच दिनको लागि सिल गरिएको छ ।
धनकुटामा स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भाइरसको सङ्क्रमण थप फैलिन सक्ने आशङ्कामा गाउँपालिकालाई सिल गरिएको हो ।
कोरोना भाइरस नियन्त्रणको लागि गठन गरिएको विपद् व्यवस्थापन समिति चौबिसेको साेमबार बिहान सम्पन्न आकस्मिक बैठकले गाउँपालिकामा एम्बुलेन्सबाहेकका सबै खालका आवत जावतलाई जेठ ५ देखि ९ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले गाउँपालिका सिल गरिएसँगै चारैतिरको नाकाको जाँचमा कडाइ गरिएको जानकारी दिनुभयो । यो गाउँपालिका अर्न्तगत रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, हाटबजार, सबैखालका बजार पसललगायत सार्वजनिक निर्माणका कार्यहरु पनि पाँच दिनको लागि बन्द गर्ने निर्णय गरिएको छ ।
नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत हरेक महिना बालिकाहरुको लागि सञ्चालन हुँदै आएको खोप सेवा कार्यक्रम पनि अर्को सूचना नआएसम्मको लागि बन्द गरिएको छ ।
जिल्ला अस्पताल धनकुटामा कार्यरत महिला स्वास्थ्यकर्मीलाई जेठ ४ गते साँझ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि धनकुटा सदरमुकामको बजार क्षेत्र सिल गरिएको हो ।