डिजी स्कुलद्वारा बेलायतको कम्प्युटर कोर्स निःशुल्क, घरमै बसेर पढ्न सकिने

 जेठ १३, २०७७ मंगलबार २०:५१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  सफ्ट्वेरिका कलेजले विद्यालय तहका विद्यार्थीका लागि कम्प्युटर कोर्स डिजी स्कुलको नेपालमा अनलाइन अध्यापन सुरु गरेको छ ।

सुरुमा विद्यालय केन्द्रित यो पढाइ लकडाउनले गर्दा विद्यार्थी घरमै सीमित हुनु परेकोले जुनसुकै विद्यार्थीले घरमै बसेर अनलाइनका माध्यमबाट सिक्न सकिने प्रबन्ध गरिएकाे स्कुलले जनाएको छ । डिजी स्कुलमार्फत कम्प्युटर कोर्स गर्न चाहने विद्यार्थीले ९८०१२२४२५५ मा सम्पर्क गरेर वा [email protected] मा इमेल गरेर भर्ना लिन सक्ने छन्।

बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षासम्बन्धी पठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेशनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजी प्रोग्रामलाई नेपालमा डिजी स्कुल नाम दिएको छ । यसलाई सफ्ट्वेरिका कलेज अफ् आईटी एण्ड ई कमर्सले नेपालमा भित्र्याएको छ । डिजी स्कुल कक्षा एकदेखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको हो ।

डिजी स्कुल पढ्नेले विद्यालय तहमै जाभा, पाइथन, सिउडो कोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो/भिडियो सम्पादन, कम्प्युटर हार्डवेयर मर्मतलगायत विषय सिक्ने छ्न् । साथै आफै सफ्ट्वेर निर्माण गर्ने दक्षता राख्ने डिजी स्कुलका प्रोग्राम अफिसर सरोज महतोले बताउनुभयो ।

डिजी स्कुलकाे प्रवर्द्धक एनसीसी एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले डिजी प्रोग्राम बेलायत, सिङ्गापुर, पाकिस्तान, भारतलगायत देशहरुमा लोकप्रिय रहेको बताएका छन् । यो कोर्स पढ्ने विद्यार्थीले एनसीसी एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sneha gautam

    May 27, 2020, 9:04 a.m.

    I am interested in computer but it is the first time I'm doing it from a site kind of .......and I have been learning some things about it from YouTube..

  •  0 Reply

तपाईको प्रतिक्रिया