एकै दिन दाङमा १५ जना कोरोना सङ्क्रमित थपिए

 जेठ १४, २०७७ बुधबार १६:२८:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै दाङमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १८ पुगेको छ ।  

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बुधबार गरिएको स्वाब परीक्षणमा घोराही र लमही क्षेत्रका १५ जनामा कोरोना सङ्क्रमण देखिएको प्रतिष्ठानले जनाएको छ। 

दाङको घोराही उपमहाननगरपालिका-१० का ३ जना  वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन् । उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन्।

त्यसै गरेर लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय १ जना, वडा नम्बर २ का १७, ३० वर्षका दुईजना वडा नम्बर ४ एक जना, २६ वर्षीय पुरुष, वडा नम्बर ५ का तीन जना २० वर्षका दुई जना र २३ वर्षको एक जना रहेका छन्। 

यसमा २० वर्षकी एक महिला पनि छन्। वडा नम्बर ६ का एकजना १८ वर्षीय पुरुष रहेका छन्। एक जना महिलासहित सबै १७ वर्षदेखि ३० वर्ष उमेरका छन्। 

यसअघि गढवाका २ र तुलसीपुरका १ जना गरी ३ जनामा कोरोना भाइरसको पुष्टि भएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया