वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आउँदो आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिनुभएको छ ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद देवले आउँदो आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने बताउनुभयो । बैठकमा सांसद देवले बजेटको कुन वर्षका] लागि आएको हो भन्दै प्रश्न गर्नुभयो ।
बजेटमा सीमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको उहाँले बताउनुभयो । उहाँले सरकारलाई 'गरिबमारा' बजेट ल्याएको आरोप लगाउनुभयो ।
लकडाउनको कारण आपूर्ति शून्य भएकाेले कलोबजारी र बिचौलियाको सङ्ख्या बढेको र कृत्रिम अभाव तथा महँगीलाई रोक्ने खालको बजेट नआएको बताउनुभयो । कोरोना सङ्क्रमणको जोखिम बढ्दै जाँदा पनि सरकारले ६ अर्ब मात्रै बजेट छुट्याएको भन्दै आपत्ति जनाउनुभयो ।
पीसीआर परीक्षण गर्नसमेत नपुग्ने बजेट आएको उल्लेख गर्दै उहाँले कोरोना रोकथामकाे लागि अझै बजेट बढाउनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा गत वर्षभन्दा केही बजेट बढाइएको भए पनि मलखादमा ५ प्रतिशत र बिउबिजनमा १५ प्रतिशत कर बढाएर कृषि क्रान्ति नहुने बताउनुभयो ।