गुल्मी : हाेम क्वरेण्टीनमा मृत्यु भएका पुरुषकाे रिपाेर्ट पाेजेटिभ

 असार ६, २०७७ शनिबार १७:४५:२९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा होम क्वरेण्टीनमा मृत्यु भएका पुरुषको काेराेना परीक्षण रिपाेर्ट पोजेटिभ आएको छ । छत्रकोट गाउँपालिका ५ काे मैनडाँडाका ६९ वर्ष पुरुषको बिहीबार राति होम क्वेण्टीनमा मृत्यु भएको थियो । 

गएकाे जेठ २५ गते भारतको मुम्बईबाट घर फर्कनुभएका उहाँको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उहाँ होम क्वरेण्टीनमा बस्दै आउनुभएको थियो । क्वरेण्टीनमा मृत्यु भएपछि उहाँको स्वाब परीक्षणकाे लागि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो । 

लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार गरिएको स्वाब परीक्षणमा मृतकको स्वाब परीक्षणकाे रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभएको छ । मृतककाे शव शुक्रबार नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया