काेराेना सङ्क्रमण देखिएपछि गुल्मीका ३ गाउँ सिल

 असार ७, २०७७ आइतबार १५:१८:४३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा एक सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । काेराेना सङ्क्रमण थप फैलिन नदिन ​गुल्मीदरबार गाउँपालिकाका तीन वटा गाउँ सिल गरिएको छ ।

गाउँपालिका ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब रिपोर्ट नआउँदासम्म पालिकाका तीन वटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयाे ।   

गाउँपालिकाले सुत्केरी महिलाको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आइतबारदेखि कन्ट्याक्ट ट्रेसिङ सुरु गर्न लागेको छ । गाउँपालिका वडा नम्बर ७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दाहरुलाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन तथा बाहिरका मानिसहरुलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताउनुभएकाे छ ।   

ती महिलामा आरडीटी पोजिटिभ देखिएपछि आइतबार लुम्बिनी मेडिकल कलेज प्रभात पाल्पामा रेफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब सङ्कलन गरेर भैरहवा पठाएकोमा शनिबार पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताउनुभयाे । 

सुत्केरी महिलाका श्रीमान् गएको जेठ ११ गते भारतबाट फर्किनुभएकाे थियाे । भारतबाट फर्किएर १४ दिनसम्म क्वरेण्टीनमा बसेपछि उहाँको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई जेठ २७ गते घर पठाइएको थियो । क्वरेण्टीनबाट घर गएको ११ दिनपछि उहाँकी श्रीमतीमा कोरोना सङ्क्रमण देखिएको गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताउनुभयाे । 

गुल्मीमा आइतबार मध्याह्नसम्म ​कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७४ पुगेको छ । सङ्क्रमितमध्ये ६ जना निकाे ​भएर घर फर्किएको र तीन जनाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया