क्वरेण्टीनबाट घर फर्किएका पुरुषमा कोरोना सङ्क्रमण

 असार १८, २०७७ बिहिबार १०:२५:० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा क्वरेण्टीनमा बसेर घर फर्किएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

चन्द्रकोट गाउँपालिका–१ सराङ्का ५२ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले बताउनुभएको छ । 

गएको जेठ ११ गते भारतबाट आएर स्थानीय शारदा माध्यमिक विद्यालयमा क्वरेण्टीनमा बस्दै आएका ती पुरुषको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उहाँको स्वाब निकालेर पीसीआर परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो ।

स्वाब रिपोर्ट आउन ढिला भएको भन्दै एक महिना क्वरेण्टीनमा राखेर असार १५ गते उहाँलाई घर पठाइएको थियो । घर फर्केको दुई दिनपछि मात्र उहाँको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

एक महिनासम्म क्वरेण्टीमा बसेका व्यक्तिलाई लामो समयसम्म त्यहीँ राखिरहँदा व्यक्तिमा मानसिक तनाव आउन सक्ने भन्दै रिपोर्ट आउन ढिला भएपछि संघीय सरकारले बनाएको नीतिगत मापदण्ड अनुसार उहाँलाई घर पठाएको चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्णबहादुर खत्रीले बताउनुभयो ।

उहाँलाई कुनै पनि किसिमको लक्षण नदेखिएको, उहाँको अवस्था सामान्य रहेको र घरमै सुरक्षित बसेको हुँदा समुदायमा त्रसित हुनुपर्ने अवस्था नरहेको अध्यक्ष खत्रीको भनाइ छ 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया