कास्कीमा मास्क नलगाइ हिँड्ने २१ जनालाई जरिबाना

 असार २५, २०७७ बिहिबार १६:४:२६ | सुमन गुरुङ
unn.prixa.net

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा मास्क नलगाइ हिँड्ने २१ जनालाई कारबाही गरेको छ ।

कोरोना महामारीकै बीच मास्क नलगाइ हिँडेको भन्दै बुधबार २१ जनालाई एक सय रुपैयाँका दरले जरिबाना गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिनुभयो ।

पोखराको विभिन्न ठाउँमा सम्झाइ-बुझाइ गर्दासमेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

प्रशासनले उनीहरुलाई बुधबार नै एक सय रुपैयाँका दरले जरिबाना लिएर छाडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन कम्तीमा दुई मिटर सामाजिक दुरी कायम गर्न, मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको डीएसपी हमालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया