नेकपा दुर्घटनामा पर्छ भन्नु कल्पना मात्र हाे : मन्त्री ज्ञवाली

 साउन ३, २०७७ शनिबार १८:२९:२१ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल फाेटाे

गुल्मी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टीभित्र विद्रोह हुन्छ र दुर्घटना हुन्छ भन्ने कुरा कल्पना मात्र भएको बताउनुभएको छ । 

यदि कसैले नेकपा फुट्छ भनेर सोचेको भए पनि त्यो गलत हुने दाबी गर्नुभएको छ । उहाँले नेकपाको एकता देशको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लडाइँजस्ता धेरै कुरामा जोडिएको बताउनुभयो । यिनै जनादेश पूरा गर्न वर्तमान सरकार सक्षम रहेको भन्दै अहिले सरकार परिवर्तनको कुनै औचित्य नरहेको दाबी गर्नुभयो । 

गुल्मीमा कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको लागि शनिबार सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले यस्तो बताउनुभएको हो । पार्टीमा देखिएको विवादलाई लक्षित गर्दै मन्त्री ज्ञवालीले भाँडाहरु एक ठाउँमा राखेपछि कहिलेकाहीँ बज्ने संज्ञा दिँदै पार्टी जोगाउने जिम्मेवारीबाट काेही पनि पन्छिएर दायाँबायाँ लाग्न नमिल्ने उहाँको तर्क थियो । 

‘नेकपा घरको धुरी खाँबो जस्तो हो, धुरी खाँबो भाँचियो र कमजोर भयो भने खाँबो मात्र भाँचिदैन, त्यो घरकै अस्तित्वमाथि जोखिम उत्पन्न हुन्छ’, ज्ञवालीले भन्नुभयो । उहाँले नेकपा एकताबद्ध भएर घरभित्रको समस्या समाधान गरी देशको समस्यामा केन्द्रित हुने बताउनुभयो । 

अहिलेको लडाइँ भनेको बेरोजगारी, विदेशबाट फर्किएकाको व्यवस्थापन र नक्सामा समेटिएको भूभागलाई कसरी फर्काउने, देशको अर्थतन्त्रलाई मजबुत बनाउने र जनतालाई कसरी सुखी र समृद्धि रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया