बारामा अनिश्चितकालीन निषेधाज्ञा

 साउन १६, २०७७ शुक्रबार २०:३०:२९ | जयनारायण यादव
unn.prixa.net

बारा – जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाका मुख्य नगर क्षेत्रमा साउन १८ गते आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको महामारीलाई ख्याल गर्दै कलैया,जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका,  सिम्रौनगढ नगरपालिका, बरियारपुर र वीरगञ्ज–पथलैयासहितका क्षेत्रमा सवारी साधन सञ्चालन गर्न र हिँडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयाे ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा प्रवाह गर्नेबाहेक सम्पूर्ण कार्यालयहरु समेत बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी गराउनु भयो । निषेधाज्ञा अटेर गरेर घरबाहिर निस्कनेलाई सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

कोरोना महामारीको जोखिम बढ्दै गएको र सर्वसाधारणले सावधानी नअपनाएका कारण  निषेधाज्ञा जारी गर्नु परेको प्रशासनले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया