वीपी साहित्य सम्मान पुरस्कार २०७७ ज्ञानमणि नेपाललाई

 साउन २३, २०७७ शुक्रबार १९:३९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको वीपी साहित्य सम्मान पुरस्कार २०७७ वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपालले प्राप्त गर्नुहुने भएको छ ।

वीपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको एक लाख एक हजार राशिको पुरस्कार यस वर्ष साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय भएको ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

यस्तै ट्रस्टले वितरण गर्ने ५१ हजार राशिको वीपी सेनानी सम्मान पुरस्कार २०७७ यस वर्ष प्रजातन्त्र स्थापनाको सङ्घर्षमा योगदान पुर्‍याएबापत होमनाथ दाहाललाई दिने निर्णय भएको पराजुलीले बताउनुभयो ।

यी पुरस्कार आगामी भदौ २४ गते वीपी जयन्तीको अवसरमा काठमाण्डाैमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रस्टले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया