कोरोना कोषमा दुई अर्ब ४० करोड रुपैयाँ, हिजो एकै दिन झण्डै ४८ लाख संकलन

 साउन २४, २०७७ शनिबार ८:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’ मा अहिलेसम्म दुई अर्ब ४० करोडभन्दा धेरै रकम सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार कोषमा अहिलेसम्म दुई अर्ब ४० करोड ७७ लाख ६५ हजार ९ रुपैयाँ ७७ पैसा जम्मा भएको छ । 

कोषमा हिजो मात्रै ४८ लाख ३५ हजार ७ सय ६४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हिजो ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीले ३४ लाख २३ हजार ६ सय ९८, नेपाल राष्ट्रिय कर्मचारी संगठनले २ लाख १ हजार, सल्यानको छत्रेश्वरी गाउँपालिकाले १ लाख ७८ हजार ४ सय ३०, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले १ लाख ५२ हजार १ सय ४६ रुपैयाँ कोषमा सहयोग रकम जम्मा गरेका छन् । 

त्यस्तै डिभिजन वन कार्यालय डोटीले १ लाख ५ हजार ३ सय ८४ र १ लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ७ लाख ७५ हजार १ सय ६ रुपैयाँ सहयोग जम्मा भएको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले गएको चैतमा कोष बनाएको हो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया