बारामा भारतीय मजदुर प्रवेशमा रोक, सबै उद्योगमा आइसोलेशन अनिवार्य

 साउन २९, २०७७ बिहिबार १९:४७:१ | जयनारायण यादव
unn.prixa.net

बारा –  बारामा भारतीय मजदुरलाई प्रवेशमा राेक लगाइएकाे छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बिहीबार एक सूचनामार्फत कोरोनाको महामारीलाई मध्यनजर गर्दै उद्योगहरुमा भारतीय कामदार राख्न प्रतिबन्ध लगाइएको जानकारी दिनुभएको छ ।

बाराका उद्योगहरुले कामदारका लागि उद्योग परिसरबाहिर आइसोलेशनको व्यवस्था मिलाउनुपर्ने र उद्योगका मजदुर तथा कर्मचारी र उनीहरुका परिवारको पीसीआर परीक्षणको व्यवस्थासमेत उद्योगले गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उद्योगमा कार्यरत सम्पूर्ण जनशक्तिको विस्तृत विवरण तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

यस्तै प्रशासनले साउन ३२ गतेसम्म सुक्खा बन्दरगाह हुँदै कच्चा पदार्थ बोकेर आएका मालवाहक गाडीलाई समेत उद्योग प्रवेशमा रोक लगाएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया