बाराका २ जनामा मृत्युपछि काेराेना पुष्टि

 साउन २९, २०७७ बिहिबार १९:५८:३६ | जयनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बारा – बारामा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । दम, मधुमेह र उच्च रक्तचापका रोगी दुई जना वृद्धको सङ्क्रमणबाट मृत्यु भएको हो ।

प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय र जितपुर सिमरा उपमहानगरपालिका ४ का ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । प्रसौनीका ६५ वर्षीय पुरुष प्रसौनी गाविसका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।

दम रोगी ती पुरुषलाई ज्वरो आएर श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार नारायणी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । जितपुर सिमरा उपमहानगरपालिकाका ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापको बिरामी भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि गण्डक कोभिड अस्पतालमा उपचार हुँदै आएकोमा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युपछि नारायणी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा दुवै जनामा कोरोना सङ्क्रमण देखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया