यसपालिको तीज : आफ्नै घरलाई मन्दिर सम्झी ननिस्कौँ बाहिर (कविता)

 साउन ३१, २०७७ शनिबार १७:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

गीता निरौला (अधिकारी) / इटहरी – ४, सुनसरी

नरोए आमा यसपाली तीजमा म आउन सक्दिन
तिमीले पकाएको खिर र ढकने म खान सक्दिन ।

कोरोना भन्ने रोगले आमा निस्कन दिएन
पोहोर साल रमाएर खायौ यो रोग थिएन ।

साथी र भाइ सबैलाई भन्छु यसपालि नरोए
मनको पीडा, दुःख र कष्ट आँसुले नधोए ।

आमा त आफ्नै बाबा त आफ्नै अर्को साल भेटौंला
साथी र भाइ छमछमी नाची रहर मेटाैंला ।

​सचेत बनौँ सबैलाई भनौँ नजाउँ है कहिँ पनि
घरैमा बसौँ रमाउँ खाउँ नाचाैं है छमछमी ।

​मन्दिर आफ्नै घरलाई सम्झी ननिस्कौँ बाहिर
अत्यन्त काम परेमा मात्र निस्कौँ है माक्स लाएर ।

घर भित्र पस्दा हामीले सधैं हात धोऔँ साबुनले
सेनिटाइजर दली हात सफा गरी बसौँ है मजाले ।

नयाँ साडी, चुरा, टिका र पोते नकिनौं यसपालि
पोहोरकै लुगा लाएर मनाऔँ यो तीज यसपालि ।

सकेमा सहयोग गरौँ है सबले कोरोना पीडितलाई
बचाएर सानो सहयोग गराैं असहाय, दुःखीलाई ।

​चाड र पर्व अर्को साल पनि आउँछन् रमाइ मनाउँला
 सबैको साथ सहयोग जुटे कोरोना भगाउँला ।।


 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया