वरिष्ठ परम्परागत कलाकार प्रेममान चित्रकारको निधन

 भदौ १, २०७७ सोमबार ६:२७:५५ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ परम्परागत कलाकार प्रेममान चित्रकारको आइतबार निधन भएको छ ।

चित्रकारको ७८ वर्षको उमेरमा कलंकीमा रहेकाे नेशनल हस्पिटलमा उपचारका क्रममा निधन भएको अर्का वरिष्ठ कलाकार लोक चित्रकारले बताउनु भयो । पुर्ख्यौली रुपमा पौभाकला विधाका सिद्धहस्त कलाकारका रुपमा परिचित चित्रकार लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

नेपाल परम्परागत कलाकार संघका आजीवन अध्यक्ष उहाँ इन्द्रराज्य लक्ष्मी पुरस्कार, अरनिको सम्मान पुरस्कारलगायतबाट पनि पुरस्कृत हुनुहुन्थ्यो ।

चित्रकारको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया