बारामा आयल निगमका कर्मचारीसहित थप ९२ जनामा कोरोना सङ्क्रमण

 भदौ ८, २०७७ सोमबार १७:४९:५८ | जयनारायण यादव
unn.prixa.net

बारा – बारामा साेमबार जनप्रतिनिधि र कर्मचारीसहित ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डाैमा गरिएको स्वाब परीक्षणमा कलैया उपमहानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष र कर्मचारीसहित बाराका ९२ जनामा कोरोना सङ्क्रमण देखिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिनुभयाे । 

कलैया उपमहानगरपालिकाका चार जना वडाध्यक्ष र इन्जिनियरसहितका कर्मचारी गरी ७३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । त्यसैगरी अमलेखगञ्जकाे नेपाल आयल निगमका दुई जना अधिकृतसहित पाँच जना कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको निगमका प्रमुख भरत रेग्मीले बताउनुभयाे । सङ्क्रमण पुष्टि भएका कर्मचारीलाई एउटा होटलको आइसोलेशनमा राखिएको उहाँले जानकारी दिनुभयाे । 

अमलेखगञ्जमा कर्मचारी र टयाङ्कर चालक गरी १६ जना, परवानीपुर गाउँपालिका ५ काे बहुअरिका एक र अन्य दुई जनामा समेत कोरोनाको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया