बारामा कोरोना सङ्क्रमित दुईजनाकोे ज्यान गयाे

 भदौ १०, २०७७ बुधबार १०:३४:६ | जयनारायण यादव
unn.prixa.net

बारा – बारामा दुईजना कोरोना सङ्क्रमितकोे ज्यान गएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराउँदै आएका कलैया उपमहानगरपालिका–१ र विश्रामपुर गाउँपालिका–१ छतवाका एक गरी दुईजना पुरुषको गएराति ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

कलैया उपमहानगरपालिकाका पुरुषलाई भदौ दुई गते श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएपछि गण्डक अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो ।

विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषलाई पनि श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरो आएपछि भदौ नौ गते मंगलबार पीसीआर जांच गराउँदा कोरोना रिपाेर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएकोमा गएराति ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया