‘सरकारले काम गर्दैन, निषेधाज्ञा लगाएर आनन्दले बसेको छ’

 भदौ १८, २०७७ बिहिबार १३:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकार कोरोना सङ्क्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसले बनाएको कोरोना अनुगमन समितिले कुनै अध्ययन नै नगरि सरकारले निषेधाज्ञा गरिरहेको र कोरोना रोकथामको लागि कस्सिएर काम गर्नुपर्नेमा निषेधाज्ञा लगाएर चुप लागेर बसेको आरोप लगाएको छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिँदै गएको र कतिपय ठाउँमा समुदायस्तरमा समेत सङ्क्रमण फैलिएको समितिको ठहर छ ।

समितिले विज्ञप्तिमार्फत भनेको छ, ‘देशको विभिन्न भागमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन् । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिँदो छ भने सङ्क्रमण बढ्ने क्रम कम भएको छैन । कतिपय ठाउँमा समुदायस्तरमा समेत सङ्क्रमण फैलिएको छ । निषेधाज्ञा लगाउने/नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ ।’

केही दिन अगाडि १३ बुँदे ध्यानाकर्षणसहित अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरिएकोमा सरकारले बेवास्ता गरेकोमा कांग्रेसले बनाएको समितिले आपत्ति जनाएको छ । कोरोना नियन्त्रणमा सरकारको संवेदनहीनता र निष्क्रियताकाे समितिले निन्दा गरेको छ ।


 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया