प्रदेश ५ कै पहिलो जडीबुटी उद्यान गुल्मीमा

 भदौ २८, २०७७ आइतबार २१:१२:५४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – इस्मा गाउँपालिका ५ अन्तर्गत इस्मा रजस्थलको राधाकृष्ण टोलमा जडीबुटी उद्यान निर्माण गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत वन निर्देशनालय डिभिजन वन कार्यालयको एक करोड लागतमा जडीबुटी उद्यान निर्माण गरिएको हो ।

यो प्रदेश नम्बर ५ कै पहिलो जडीबुटी उद्यान पहिलो हो । मध्य पहाडी क्षेत्रमा पाइने जडीबुटीको प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले उद्यान सञ्चालनमा ल्याएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिनुभएको छ । 

स्थानीय देसाल पूज्ने सार्कीपाटा सामुदायिक वनको दुई सय ५४ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा अहिले अगरउड, रुद्राक्ष, श्रीखण्ड, एभोकाडो, टिमुरलगायतका २८ प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत मदन ढुङ्गानाले जानकारी दिनुभयो ।  

खाली जग्गाको सदुपयोग गरेर बहुमूल्य जडीबुटीको व्यवसायको लागि यो उद्यान कोशेढुङ्गा बन्ने अपेक्षा गरिएको ढुङ्गानाले बताउनुभयो । 

उद्यान निर्माणसँगै आजभोलि थुप्रै बहुमूल्य प्रजातिका बिरुवा उत्पादन गरेर गाउँ–गाउँमा अनुदानमा वितरण गरिएको इस्मा धुर्कोट सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राम भलामले बताउनुभयो । इस्मा जडीबुटी उद्यानलाई जडीबुटीको अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने देसाल पूज्ने सार्कीपाटा सामुदायिक वनका अध्यक्ष खडानन्द भण्डारीले बताउनुभयो । 

उद्यानको लागि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले एक करोड र आर्थिक वर्ष २०७६/०७७ मा १५ लाख रुपैयाँ बटेज विनियोजन गरेकोमा अहिले कुनै पनि रकम निकासा नगरेको उद्यानले जनाएको छ । 

बहुमूल्य प्रजातिका जडीबुटीको उत्पादनको विकासको लागि प्रदेश सरकारसँग छलफल गर्ने इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया