अर्घाखाँची : जमिन भासिएपछि २६ घर भत्किए, गाउँ नै पहिरोको जोखिममा

 असोज १०, २०७७ शनिबार २०:३२:२९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीमा जमिन भासिएपछि २६ वटा घर भत्किएका छन् भने ४० घर रहेको गाउँ नै पहिरोको जोखिममा परेको छ ।

शितगंगा नगरपालिका वडा नम्बर १२ को कोठिया मैदानमा जमिन भासिनुको साथै पहिरोसमेत गएपछि गाउँ नै विस्थापित भएको स्थानीय हरिप्रसाद गैरेले बताउनुभयो । गाउँको तीनतिरबाट पहिरो जाँदा केही घर बगाएको र धेरै घर जमिन भासिएर ढलेका उहाँले बताउनुभयो ।

यसअघि १० मिटरको दूरीमा रहेका दुई घर अहिले जमिन भासिएर झण्डै ४० मिटरको दूरीमा पुगेका छन् । घरमा पालेका भै‌ंसी, गाई, गोरु, बाख्राहरु यत्रतत्र भएका छन् । घरमा बचेका भएका सामान स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले निकालेका छन् ।

भत्किएको घरमा भएका लत्ता कपडा अन्नपात, गरगहना सबै पुरिएको छ । एकाएक जमिन भासिन थालेपछि गाउँमा भागाभाग चलेको वडाध्यक्ष गैरेले बताउनुभयो । अहिले पनि जमिन भासिने र पहिरो जाने क्रम रोकिएको छैन ।

गाउँ नै खतरामा परेपछि उनीहरुलाई कहाँ राख्ने भन्ने बारेमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया