टाटाका कमर्शियल गाडी किन्न सानिमा बैंकले सहुलियतपूर्ण ऋण दिने

 असोज १३, २०७७ मंगलबार १४:१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सानिमा बैंकबीच सहुलियत ऋणसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार टाटाका कमर्सियल गाडी किन्न चाहनेलाई सानिमा बैंकले देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण ऋण दिने भएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि २०७५ को अधिनमा रही बैंकको नीतिअनुसार ग्राहकहरुलाई व्यावसायिक प्रयोजनका गाडी खरिद गर्नका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने बैंकले जनाएको छ।

सहुलियतपूर्ण कर्जाभित्र व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास ऋण छन्।

सम्झौतामा सिप्रदीका उपाध्यक्ष शौरभराज थपलिया र सानिमा बैंकका एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सरल र सहज ऋण उपलब्ध गराउने उद्देश्य साथ यो सुविधा सिप्रदी ट्रेडिङका देशभरि रहेका सम्पूर्ण डिलरहरुबाट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया