गुल्मीमा ट्र्याक्टर दुर्घटना : एक जनाको ज्यान गयो, दुई घाइते

 असोज १९, २०७७ सोमबार ११:५९:३७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा ट्र्याक्टर दुर्घटनामा परि सोमबार एक जनाको ज्यान गएको छ भने दुई जना घाइते बनेका छन् ।

गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमबाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको  लु ४ त २८३३ नम्बरको ट्र्याक्टर सोमबार बिहान बलीथुमको टापुमा दुर्घटना भएको हो । दुर्घटनामा परि ट्र्याक्टरमा सवार गुल्मी दरबार गाउँपालिका १ माझीगाउँ बस्ने वर्ष १६ का धनबहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनु भएको छ । उनको ट्र्याक्टरको चक्काले च्यापेर ज्यान गएको हो ।

दुर्घटनामा परि गुल्मी दरबार गाउँपालिका १ माझीगाँऊ बस्ने वर्ष १५ वर्षका लालबहादुर बुढामगर र ट्र्याक्टर चालक कपिलवस्तु घर भएका वर्ष ३० का रेशम ताम्राकार घाइते बनेका छन् । घाइतेहरुको अहिले स्थानीय शुभ सारथी मेडिकल मजुवामा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक कृष्णबहादुर गाहाले बताउनु भएको छ ।

दुर्घटना भएको त्यस ट्र्याक्टर सडकदेखि २० मिटर तल खसेको थियो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया