दुई हप्तादेखि बन्द गुल्मीको रिडी-रुद्रवेणी सडक खुल्यो

 असोज २४, २०७७ शनिबार ६:३०:४५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - पहिरोका कारण दुई हप्तादेखि बन्द गुल्मीको रिडी-रुद्रवेणी सडक हिजो बेलुकादेखि खुलेको छ । 

रुरु क्षेत्र गाउँपालिका एक विष्णुपञ्जर नजिकै सडकमाथिबाट चट्टानसहित खसेको ठूलो पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरीक्षक शालिकराम थापाले जानकारी दिनुभयो । पहिरोले दुई सय मिटरभन्दा बढी सडक पुरेकोे थियो । पटक-पटक सुख्खा पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन समय लागेको उहाँले बताउनुभयो ।

सडक खुलाउन रिडी र रुद्रवेणी दुवैतर्फबाट चार दिनसम्म जेसीभी र एस्काभेटर परिचालन गरिएको थियो । गुल्मीको रिडी, रुद्रवेणी, वामीटक्सार हुँदै बाग्लुङका बुर्तिवाङ्गसम्म गाडी चल्ने गरेका छन् । बाटो बन्द हुँदा आवतजावत र खाद्यान्न ढुवानीमा समस्या परेको थियो । चाडपर्वका लागि आवश्यक खाद्यान्नसहित गाडी बीच बाटोमै रोकिएका थिए । सडक खुलेपछि दुवै क्षेत्रमा रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन् ।

रिडी-रुद्रवेणी सडक जिल्लामा सबैभन्दा धेरै गाडी चल्ने व्यस्त सडक अन्तर्गत पर्छ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया