अब एन्टिजेन किटमार्फत एक हजारमै काेराेना परीक्षण हुने

 असोज २७, २०७७ मंगलबार १७:१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरस पहिचान गर्नकाे लागि एन्टिजेन (एन्टिजेन बेस्ड टेस्ट) किटमार्फत परीक्षण गर्न अनुमति दिएकाे छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ ताेकिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका प्रवक्ता गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको बताउनुभयाे । उहाँले शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने बताउनुभयाे ।

‘धेरै भिडभाड हुने ठाउँमा र अर्जेन्ट रिपोर्ट चाहिएको खण्डमा पनि यो उपयोगी हुने देखिन्छ’, डा. गौतमले भन्नुभयाे, ‘धेरै मानिस बस्ने ब्यारेकलगायतका ठाउँ र अप्रेशन गर्नुपर्ने बिरामीको कोरोना परीक्षण गर्नुपरेमा यो १० मिनेटमा रिपोर्ट आउने भएकाले उपयुक्त हुनेछ ।’

यस्तै प्रवक्ता गाैतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताउनुभयो ।  

यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका सात सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न/गराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया