उपत्यकाका ११ ठाउँमा यात्रु सहायता कक्ष

 कात्तिक ३, २०७७ सोमबार १२:०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - काठमाण्डौ उपत्यकाका विभिन्न ११ ठाउँमा  यात्रु सहायता कक्ष सञ्चालन भइरहेका छन् ।

टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ तथा सिप्रदीयन सहायता संस्थाले ट्राफिक प्रहरी, नाडा र यातायात व्यवस्था विभागको सहकार्यमा उपत्यकाका विभिन्न ११ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेको हो ।

चाडपर्व र अहिलेको कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले सहायता कक्षमा बस्ने ट्राफिक प्रहरी र कर्मचारीलाई स्यानिटाइजर, मास्क, फेस भाइजर र डिस्इन्फेक्ट समेत दिएको छ ।

दशैँमा काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने यात्रुका लागि यात्रामा सहज वातावरण बनाउन  र उनीहरुलाई परेका समस्या छिटो समाधान गर्न सहायता कक्ष स्थापना गरिएको सिप्रदीले जनाएको छ । यात्रुले टिकट बुकिङ्ग गर्न समस्या भएमा,  तोकेको मापदण्डभन्दा बढी भाडा लिएमा वा बस चढ्ने बेलामा समस्या भए सिधैं सहायता कक्षमा सम्पर्क गर्नसक्छन् ।

उनीहरुले ट्राफिक प्रहरीको पैसा नलाग्ने टेलिफोन नम्बर १०३ मा फोन गरेर पनि गुनासो टिपाउन सक्नेछन् । यात्रुले टिपाएका सबै गुनासो सुनेर सम्बन्धित व्यक्ति तथा कार्यालयलाई कारबाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताउनुभयो ।

यात्रु सहायता कक्षमा टिकट दरको बारेमा जानकारी दिइन्छ । यस्तै कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न अपनाउनुपर्ने सुरक्षा सावधानीका उपाय जस्ता सूचनामुलक सन्देश पनि यस कक्षबाट दिइने सिप्रदीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया