कारागारमा सामाजिक दुरी कायम राख्न आग्रह

 कात्तिक ३, २०७७ सोमबार १९:५३:२ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले कारागारभित्र ठाउँ अभावका कारण काेराेना फैलिने जाेखिम रहेकाले आपत्कालीन संरचना निर्माण गरी दुरी कायम गर्न सरकारलाई आग्रह गरेको छ ।

कारागार अनुगमन प्रतिवेदन साेमबार सार्वजनिक गर्दै आयोगले कोरोना भाइरसको प्रकोप कारागारमा देखिएकाले दुरी कायम गर्न व्यवस्था गर्न आग्रह गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिनुभयो ।

कोभिड–१९ महामारीको अवस्थामा आयोगबाट सातै प्रदेशका २८ जिल्लाका कारागारको अनुगमन आयोगले गरेको थियो ।

आयोगले अनुगमनमा कोभिड–१९ बाट कारागारमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीमा हुन सक्ने सङ्क्रमण जोखिमलाई कम गर्न अपनाउनुपर्ने सावधानीका लागि अत्यावश्यक मास्क, स्यानिटाइजर, पन्जा, फेस शिल्ड, साबुन, ज्वरो नाप्ने यन्त्र, पीपीई सेटलगायतका सामग्रीका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेकाे छ ।

साथै आयाेगले कोभिड–१९ महामारीबाट थुनुवा, कैदीबन्दी सुरक्षित राख्न र सबै कारागारका लागि पूर्वतयारी तथा प्रतिकार्य प्रयोजनका लागि एक एकीकृत निर्देशिका जारी गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया