उत्पादनका आधारमा अनुदान दिँदै अर्घाखाँचीको शितगंगा नगरपालिका

भनसुन र पहुँचका आधारमा हुने अनुदान वितरणको अन्त्य

 कात्तिक ९, २०७७ आइतबार १०:९:३७ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिका ४ की रमा पाण्डेले एक वर्षमा दुई हजार तीन सय किलो लोकल कुखुरा बिक्री गरेर १३ लाख ८० हजार रुपैयाँ आम्दानी गर्नुभयो । गएकाे वर्ष साढे पाँच लाख रुपैयाँ आम्दानी गर्नुभएकी उहाँले यस वर्ष दोब्बरभन्दा बढी आम्दानी गर्न सफल हुनुभयो ।

गएकाे वर्ष ४७ हजार अनुदान पाएका पाण्डे दम्पतीले यस वर्ष एक लाख पन्ध्र हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । जग्गा भाडामा लिएर सुरु गरेको लोकल कुखुरा व्यवसाय पाण्डे दम्पतीकाे आम्दानीको स्रोत बनेको छ ।

त्यस्तै ६ नम्बर वडाको फेदीमा बस्ने करुणा कुँवरले एक लाख नौ हजार रुपैयाँ अनुदानबापत पाउनुभयो । बाख्रा पालनमा सफल उद्यमी उहाँले २०७४ सालदेखि पाँच वटा बाख्राबाट व्यवसाय सुरु गर्नुभएको थियो । वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।  

नगरपालिकाले गएकाे वर्षदेखि लागू गरेको उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमले किसान उत्साहित बनेका छन् । यस वर्ष सहकारीमार्फत खसीपाठा बजारीकरण गर्ने एक सय ४० उद्यमीलाई ५१ लाख ८० हजार रुपैयाँ अनुदानबापत वितरण गरिएको छ । झण्डै २० लाख रकम कृषिजन्य उत्पादनमा अनुदानबापत प्रदान गरिएको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो ।

आफूले गरेका उत्पादनमा नगरपालिकाबाट अनुदान पाउँदा किसान उत्साहित भएका छन् । अनुदान वितरणलाई अभियानकै रुपमा किसानकै घरदैलोमा पुगेर रकम वितरण गर्दै आएको नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया