बाराको सुवर्ण गाउँपालिकामा प्रहरीले चलाएको गोली लागेर बालक घाइते

 कात्तिक १३, २०७७ बिहिबार ११:१४:५० | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको सुवर्ण गाउँपालिकामा प्रहरीले चलाएको गोली लागेर बालक घाइते भएका छन् ।

गएराति इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको झण्डै २० क्विन्टल आलु प्याज जिल्ला प्रहरी कार्यालय कलैया लैजाने क्रममा झडप भएको हो । प्रहरीको गाडीमा लोड गरिएको सामान स्थानीयले निकाल्न खोजेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर सुवर्ण गाउँपालिका वडा नम्बर २ का १४ वर्षका रन्जन यादव घाइते भएका छन् । टाउकोमा गोली लागेर घाइते भएका यादवलाई वीरगञ्जकाे नारायणी बयोधा अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ रेफर गरिएको छ ।

स्थानीयले हानेको ढुंगा लागेर केही प्रहरी सामान्य घाइते भएका छन् ।

 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया