फुटपाथमा पसल राखे ललितपुर नगर प्रहरीले भोलिदेखि कारबाही थाल्ने

 कात्तिक १६, २०७७ आइतबार २०:८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकालाई सुन्दर र सफा बनाउने अभियान चलाएको नगर प्रहरीले फुटपाथ अतिक्रमण गरी पसल राख्नेलाई भोलि (साेमबार) देखि कारबाही गर्ने भएको छ ।महानगरपालिकाभित्रका सडक छेउ र फुटपाथमा जुनसुकै पसल राख्नेलाई कारबाही गरिने नगर प्रहरी प्रमुख सीताराम सीताराम हाछेथुले बताउनुभयो । 

अभियानको पहिलो चरणमा दुई महिनासम्म फुटपाथमा पसल गर्नेलाई सम्झाइबुझाइ गरेर पसल हटाउन लगाएको र अब दाेस्रो चरणमा अटेर गर्नेलाई कारबाही स्वरुप जरिबाना तिराउने उहाँले जानकारी दिनुभयो । यस्तै तेस्रो चरणमा फुटपाथमा पसल राखेको पाइएमा सामान नै जफत गरिदिने उहाँले बताउनुभयो । 

हाछेथुका अनुसार साइकलमा पसल गर्नेलाई दुई हजार रुपैयाँ र ठेलागाडामा पसल गर्नेलाई तीन हजार रुपैयाँ जरिबाना गरिने छ । यसैगरी सामानको मूल्यअनुसार कारबाही अघि बढाइने नगर प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले महानगरलाई स्वच्छ र सुन्दर बनाउने अभियानमा होर्डिङ बोर्ड हटाउने, फुटपाथ अतिक्रमण गरी राखिएका विभिन्न पसल हटाउने काम गरिरहेको छ ।

योसँगै नगर प्रहरीले विभिन्न ठाँउमा सडक अतिक्रमण गरी बनाइएका टहरा पनि हटाइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया