उत्कृष्ट ब्याट्सम्यान बन्दै सागर पुनले क्वालालम्पुरलार्इ दिलाए मलेसियन प्रिमियर लिगको उपाधि

 साउन २७, २०७५ आइतबार १७:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियन प्रिमियर लिग क्रिकेटको उपाधि क्वालालम्पुरले जितेको छ ।

अाइतबार भएको फाइनलमा युनिभर्सिटी किवानसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुरले उपाधि जितेको हो । 

युनिभर्सिटीले दिएको १०२ रनको सामान्य लक्ष्य क्वालालम्पुरले २५ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । 

क्वालम्पुरको जितमा अहमद फहिजले नट आउट ४५ रन जोडे । ७४ बल खेलेका पहिजले ६ चौका प्रहार गरेका थिए । 

यसैगरी नेपालका ब्याट्सम्यान आशिफ शेखले नट आउट ३३ रन जोडे । ४१ बल खेलेका आशिफले ६ चौका प्रहार गरे । अर्का नेपाली ब्याट्सम्यान सागर पुन भने १० रनमै आउट भए ।

पछिल्ला २ खेलमा शतकीय पारी खेलेको सागरले आज भने ११ बल खेल्दा २ वटामात्र चौका प्रहार गर्न सफल भए । उनी  नजरिल रहमानको बलमा आउट भएका थिए ।  

टस जितेर पहिले ब्याटिङ गरेको युनिभर्सिटी क्लब २६ ओभरमा अल आउट भएको थियो ।

युनिभर्सिटीका लागि इमामुयल मुस्तकिमले सर्वाधिक २८ रन जोडेका थिए । क्वाललम्पुरका नेभिल लेङ्गेले सर्वाधिक ४ विकेट लिएका थिए ।

उपाधि बिजेता क्वालालम्पुुरले ९ हजार रिंगिट प्राप्त गर्याे भने उपविजेता युनिभर्सिटीले ४ हजार रिंगिट प्राप्त गर्याे । 

प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीमा भने सागर पुन अघि रहे । उनले प्रतियोगिता अवधिभर ४५२ रन बनाउँदै महत्वपूर्ण ९ विकेट पनि हासिल गरेका थिए ।

उत्कृष्ट ब्याट्सम्यानको रुपमा सागरले ७ सय रिंगिट प्राप्त गर्न सफल भए ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया