सुनाकोठीमा सडक मर्मतको काम फेरि रोकियो, आन्दोलन कायमै

 कात्तिक २४, २०७७ सोमबार १०:२३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ठेकेदारले सडक कालोपत्रे गर्ने काम समयमै नगरेको भन्दै गएको १६ गतेदेखि आन्दोलनमा उत्रिएका ललितपुर सुनाकोठीका बासिन्दाले दबाब कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

दबाबपछि सुनाकोठी क्षेत्रमा ठेकेदारले सडकमा ग्राभेल झारे पनि अझै पिचको काम सुरु हुन्छ भनेर विश्वस्त हुन सक्ने वातावरण नभएको स्थानीय बासिन्दाको भनाइ छ ।

ठेकेदारले ग्राभेलको काम थाले पनि  सडक कालोपत्रे गर्न ल्याइएको सामग्रीको गुणस्तर जाँच गर्न पठाइएको र रिपोर्ट आइनसकेको भन्दै फेरि काम रोकिएको स्थानीय युवा क्लब (Y 26) ​ का अध्यक्ष राजन महर्जनले जानकारी दिनुभयो । स्थानीय बासिन्दाको दबाबपछि ठेकेदारले गएको बुधबार बेलुकी ग्राभेल झारेको थियो ।

ठेकेदारले सडक विस्तारका लागि भनेर भत्काइएको सडक नबनाएर अलपत्र छाडेपछि स्थानीय बासिन्दाले पटक-पटक आन्दोलन गर्दै आएका छन् । ढोलाहिटी-सुनाकोठी-चापागाउँ सडक विस्तारको जिम्मा शैलुङ कन्स्ट्रक्सन जेभीले पाएको छ ।

ठेक्का लागेको ६ वर्ष बितिसक्दासमेत सडक विस्तार सकेर कालोपत्रे हुन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया