२ लाख ४७ हजार नगद र ३ लाखको चेकसहित ९ जुवाडे पक्राउ

 कात्तिक ३०, २०७७ आइतबार १४:५२:५५ | सुमित्रा कोइराला
unn.prixa.net

प्रतिकात्मक

उदयपुर – उदयपुरमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ४७ हजार नगद र तीन लाखको चेकसहित नौ जना पक्राउ परेका छन् ।

शनिबार राति त्रियुगा नगरपालिका १० को करमगाछीमा प्रेम भट्टराईको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुग्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० का प्रेम भट्टराई, ईश्वर खड्का, त्रियुगा नगरपालिका ११ को गाईघाट बजारका मन्दिप राई, राजनकुमार राउत, त्रियुगा १२ गाईघाट बजारका बलबहादुर कार्की रहेका छन् । 

त्यसैगरी पक्राउ पर्नेमा त्रियुगा १ का नवीन राई, त्रियुगा ८ का पुरुषोत्तम कार्की, त्रियुगा ११ का मेखबहादुर राई र त्रियुगा नगरपालिका ३ का सुनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उनीहरुको साथबाट एक बुक तास, १७ थान मोबाइल, १९ वटा कौडा, छ थान मोटरसाइकलको चाबी, दुई थान सुनको सिक्री र तीन थान सुनको औँठी फेला परेको छ ।

यसैगरी  कृषि विकास बैंकको एक लाखको चेक, नबिल बैंकको दुई लाख दश हजारको चेक र नगद दुई लाख ४७ हजार एक सय १७ रुपैयाँ फेला परेको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको डीएसपी गौतमले जानकारी दिनुभयो  ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया