अनुष्का र वरुण धवन यस्ता देखिए ‘सुई धागा–मेड ईन ईन्डिया’को ट्रेलरमा

 साउन २९, २०७५ मंगलबार ९:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फिल्म ‘सुई धागा–मेड ईन ईन्डिया’को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा अभिनेता वरुण धवन र अनुष्का शर्माको मुख्य भूमिका रहेको छ । ट्रेलरमा अनुष्का र वरुण साधारण परिवारका श्रीमान श्रीमतीको भूमिकामा देखिएका छन् । 

फिल्म ‘सुई धागा–मेड ईन ईन्डिया’ श्रीमान श्रीमतीको कहानी हो । जसमा वरुण सामान्य जागिरे हुन्छन भने अनुष्का एक गृहणीको भूमिकामा देखिएकी छिन् ।

दिनहुँ मालिकको गाली र बेइज्जती सहदै आएका श्रीमानलाई श्रीमतीले आफैं केही गर्ने सल्लाह दिएपछि वरुणले सिलाईको व्यापार सुरु गर्छन् । जसमा अनुष्काले श्रीमतीको रुपमा श्रीमान वरुणको सिलाई व्यापारमा सहयोग गर्छिन् । 

यशराज फिल्म्सको निर्माण तथा मनिस शर्मा र शरत कटारियाको निर्देशनमा बनेको यो फिल्ममा श्रीमान श्रीमतीले गरेको संघर्षलाई देखाइएको छ । फिल्म ‘सुई धागा–मेड ईन ईन्डिया’ सेप्टेम्बर २८, २०१८ मा प्रदर्शन हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया