‘नेकपा र सूर्य चिह्न खोस्ने दिवास्वप्न नदेख्नुस्’

 पुस २७, २०७७ सोमबार २०:१८:३० | जयनारायण यादव
unn.prixa.net

फाइल फाेटाे

बारा – उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओली नेतृत्वको नेकपा पार्टी आधिकारिक हुने दाबी गर्नुभएको छ । बाराको कलैयामा साेमबार आयाेजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाको सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले नेकपा र सूर्य चिह्न खोस्ने दिवास्वप्न नदेख्न आग्रह गर्नुभयो ।

उहाँले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पार्टीभित्र गुटबन्दी गरेर पार्टी अध्यक्षका साथै प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउन र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्रमा लागेका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न बाध्य हुनुपरेको तर्क गर्नुभयाे ।

प्रचण्ड र माधवकुमार नेपालले पार्टी विभाजनको योजना लामो समयदेखि बनाएको आरोप लगाउँदै उपप्रधानमन्त्री पोखरेलले त्यसको प्रतिवाद गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेकपाकाे ओली समूहका अध्यक्ष केपी ओलीको नेतृत्वमा गाउँगाउँमा चुनावकाे तयारीमा जुट्न समेत कार्यकर्तालाई निर्देशन दिनुभयो । 

कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले प्रचण्डलाई माओवादी पार्टी बेचुवा नेता भएको आरोप लगाउनुभयो । प्रचण्ड–नेपाल चरम अवसरवादी नेता भएको मन्त्री प्रभु साहको भनाइ छ । 

त्यस्तै कानुनमन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्री बन्ने भए चुनावमा सहभागी हुन प्रचण्ड–नेपाललाई चुनौती दिनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका नेता सुन्दर कुर्मी नेकपाकाे ओली समूहमा प्रवेश गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया