विदेशीले नेपालमा खर्च गरे २ अर्ब ३० करोड, नेपालीले विदेशमा खर्चिए साढे ११ अर्ब

 पुस २९, २०७७ बुधबार १६:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म विदेशीले नेपालमा जम्मा दुई अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन् ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार विदेशीले नेपालमा दुई अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन्, यो रकम गएकाे वर्षको यसै अवधिको तुलनामा ३३ अर्ब रुपैयाँभन्दा धेरैले कम हो ।

अघिल्लो वर्षको पाँच महिनामा विदेशीले नेपालमा खर्च गरेबापत ३५ अर्ब ५६ करोड रुपैयाँ आय भएको थियो । 

पाँच महिनामा नेपालीले विदेशमा गर्ने खर्च भने ११ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यो गएकाे वर्षको तुलनामा ६३ दशमलव ५ प्रतिशतले कमी हो । यसमध्ये शिक्षातर्फकाे खर्च नाै अर्ब ७१ करोड रहेको छ ।

अघिल्लो वर्ष भ्रमण व्यय ३१ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय १४ अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया