जुम्लाको हिमा गाउँपालिकाको केन्द्र बाजागाडा तोकियो

 माघ १६, २०७७ शुक्रबार १४:२२:३७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – लामो समयदेखि विवादमा रहेको हिमा गाउँपालिकाको केन्द्र टुङ्गो लागेको छ । गाउँपालिकाको आठौँ सभाले गाउँपालिकाको केन्द्र बाजागाडा तोकेको हो । गाउँपालिका अध्यक्ष रजबहादुर शाही नागरिकलाई समावेशीरुपमा सेवा लिने हिसाबले गाउँ सभा यो निर्णयमा पुगेको बताउनुभयो ।  

प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलका अनुसार गाउँपालिकाको वडा नम्बर ५ को बाजागाडामा जग्गा लिने तयारी भइरहेको छ । यस प्रक्रियामा जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयको सहयोगको अपेक्षा रहेको उहाँले जानकारी गर्नुभयो । 

त्यस्तै गाउँ सभाले वडा नम्बर १ को केन्द्र देवार गाउँमा सार्ने निर्णयसमेत गरेको छ । वडा नम्बर १ का चार जना सदस्यले वडाको केन्द्र सार्ने विषयमा असहमत रहेको बताएका छन् । वडा सदस्य पदबहादुर शाहीले वडामा छलफल भइरहेको समयमा गाउँपालिकाले हस्तक्षप गरेको बताउनुभयो ।

गाउँपालिकाले भने बड्की र आचार्यलिहीको बीचमा देवार गाउँ भएकाले पायक पर्ने बताएको छ ।    

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया