बाराकाे एक तेल उद्योगमा हिजो साँझदेखि लागेको आगो नियन्त्रणमा आएन

 फागुन १०, २०७७ सोमबार ११:४८:१५ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको जितपुरसिमरा उपमहानगरपालिका­­-९ मा रहेकाे आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझदेखि लागेको आगाे अझै नियन्त्रणमा आउन सकेकाे छैन् । 

विद्युत सर्ट भएर लागेकाे आगाे अहिलेसम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएकाे छ । अहिले चारवटा दमकलमार्फत आगाे नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी गराउनु भयो ।

कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर हिजो साँझ साढे सात बजेदेखि आगाे लाग्न सुरु भएको प्रहरीले जनाएको छ । आगो निभाउन गएराति बारा, पर्सा र मकवानपुरका गरी आठ वटा दमकलको प्रयोग गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया