पहिलो पटक बस पुग्दा पञ्चेबाजा बजाएर नाचगान

 फागुन १६, २०७७ आइतबार ९:३१:५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयवासीले पञ्चेबाजा बजाएर नाचगान गरेका छन् ।

साम्नेगाउँको छेँडापोखरीमा  पहिलो पटक लु २ ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीयले चालक र सहचालकलाई बाजागाजासहित फूलमाला र अबिरले स्वागत गरेका हुन् । 

स्थानीयले २०६१ सालमा कोदालोले खनेर निर्माण गरेको ट्राकमा जीपसेवा सञ्चालन भएको १५ वर्षपछि बस पुगेको हो । बसकाे सुविधा भएसँगै डाँडा-धापखोला-छेँडापोखरी-बगैंचा-साम्नेगाउँ-ओखटे र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर-२ का सिउते-सिउडेनी-बाख्खाशका स्थानीयवासी लाभान्वित हुने भएका छन् । 

भूमिकास्थान नगरपालिका-२ का वडाअध्यक्ष बुद्धि थापाले रिबन काटेर बस सञ्चालनको उद्घाटन गर्नु भएको थियो । थापाले नियमित बस सञ्चालनका लागि पहल गर्ने बताउँदै प्रदेश सरकार र पालिकाको सहयोगमा बस सञ्चालनमा आएको जानकारी दिनुभयो । 

साथै, नगरपालिका-१ का वडा अध्यक्ष भोजराज खनालले वडास्तरबाट बजेट विनियोजन गरी सडककाे नाली कटानलगायतका कामको स्तरोन्नति गरिने बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया