झा दम्पती बेपत्ता प्रकरण : सीआईबीकाे टाेली महाेत्तरीतर्फ

 चैत ४, २०७७ बुधबार २०:३२:३४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको पिपराबाट बेपता भएका झा दम्पतीको खोजीका लागि प्रहरी प्रधान कार्यालय काठमाण्डौबाट केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) काे टोली महोत्तरी खटाइएकाे छ ।

पिपरा गाँउपालिका ५ का मोसाफिर झा र उहाँकी श्रीमती गीतादेवी झाकाे खाेजीका लागि सीआईबीकाे टोलीलाई महोत्तरी पठाइएको सीआईबीका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो ।

गएकाे फागुन १० गते रातिको समयमा आफ्नै कोठामा सुतेको अवस्थामा झा दम्पती बेपता भएका थिए । घटना घटेको दिनदेखि नै झा दम्पतीकाे खाेजीका लागि जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरीलगायतका प्रहरी टिम खटिएको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिवेशकुमार आचार्यले जानकारी दिनुभयो ।  

झा दम्पतीकाे घर र चौकाेसमा रगतका छिटा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले फागुन ११ गते मङ्गलबार बिहानैदेखि वृद्ध दम्पतीको खोजी गरिरहेकााे एसपी आचार्यले बताउनुभएकाे छ । प्रहरीले झा दम्पतीकाे अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म ३० भन्दा धेरै व्यक्तिसँग साेधपुछ गरिएकाे तर अवस्था पत्ता नलागेकाे बताइएकाे छ । 

झा दम्पती सुतेको अवस्थामै बेपत्ता पारिनु, उनीहरू सुतेको खाट पनि फेला नपर्नुले घटना थप रहस्यमय बनेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया