घरबाटै खाटसहित दम्पती बेपत्ता घटनामा सीआईबीले अनुसन्धान सुरु गर्‍याे

 चैत ५, २०७७ बिहिबार १९:२१:३९ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – महोत्तरीमा घरबाटै बेपता भएका झा दम्पती सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को टोलीले अनुसन्धान सुरु गरेकाे छ । सीआईबीकाे टोलीले बिहीवारदेखि घटनास्थललगायतका क्षेत्रमा अनुसन्धान थालेको हो ।

ब्युरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डको टोली घरबाटै खाटसहित बेपत्ता रहेका पिपरा गाँउपालिका ५ का मोसाफिर झा र उहाँकी ६० वर्षीया श्रीमती गीतादेवीको सम्बन्धमा अनुसन्धान सुरु गरेको सीआईबी प्रमुख सहकुल थापाले जानकारी दिनुभयो ।  

यसअघि बेपत्ता झा दम्पतीको खोजीमा प्रहरीले ५० भन्दा बढीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  

झा दम्पती सुतेको अवस्थामै बेपत्ता पारिनु, उनीहरू सुतेको खाट पनि फेला नपर्नुले घटना थप रहस्यमय बनेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया