झा दम्पती हत्या प्रकरण : थप तीन जना सार्वजनिक

 चैत १५, २०७७ आइतबार १८:५५:५६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – जिल्ला प्रहरी कार्यालय महोत्तरीले झा दम्पतीको हत्यामा संलग्न थप तीन जनालाई सार्वजनिक गरेकाे छ । आइतवार दिउँसो जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा पिपरा गाँउपालिका ५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उहाँकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्यामा संलग्न स्थानीयवासी तारादेवी झा र उहाँका छोराहरू कैलाश र विकासलाई सार्वजनिक गरिएको हो ।

प्रहरीले उनीहरूको घरबाट झा दम्पतीको ओछ्यान, शव लुकाएर राखेको बक्सा, जलेको कपडा र दाउरालगायतका सामग्री बरामद गरिएकाे प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी गराउनुभयो । मृतक दम्पतीका नातेदार रहेका उनीहरूको हत्यामा संलग्नता देखिएको एसपी आचार्यले बताउनुभयो ।

झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक हप्ताअघि छिमेकी रामबाबु यादव, उहाँका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका साथै भारत बिहार मधुवनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरिसकेको छ ।

गएकाे फागुन १० गते राति ओछ्यानसहित बेपत्ता भएका झा दम्पतीको शव एक महिनापछि प्रहरीले पिपरा गाउँपालिका २ अतरा जाने बाटोमा गाडेको अवस्थामा फेला पारेको थियो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया