जीप दुर्घटनामा चालकको ज्यान गयो

 चैत १८, २०७७ बुधबार १५:५४:५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको याङवरक गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बुधवार बिहान याङवरक गाँउपालिका १ च्याङथापू जाँदै गरेको मे १ ज ३५६ नम्बरको जीप याङवरक ३ यलम्बर चोकमा दुर्घटना हुँदा जीपका चालक फिदिम नगरपालिका २ पल्लोटारका फूलकुमार राईको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका फिदिम २ का २२ वर्षीय आशिष राईलाई अस्पतालले थप उपचारका लागि झापा रेफर गरेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया