मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै, प्रदेश-२ मा सार्वजनिक बिदा

 बैशाख २, २०७८ बिहिबार ११:५८:१८ | धनवीर महतो
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - तराई मधेशसहित मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ ।

बिहानै ज्येष्ठ तथा मान्यजन व्यक्तिले आफूभन्दा सानाको टाउकोमा आजुरले जल छर्किएर यो पर्व मनाएका हुन् ।

आजको दिन जल छर्किँदा वर्षभरि नै शान्ति र शीतलता प्राप्त हुने धार्मिक मान्यता रहेर आएको छ । त्यस्तै आज घरछेउको रुखविरुवा, घरपालुवा जनावरहरुलाई समेत शीतल जल छर्किएको छ । यस्तै, आज युवायुवतीहरु एकअर्कालाई हिलो छ्यापी रमाइलो गर्ने गर्छन् ।  

प्रदेश-२ का सरकारले जुडशीतल पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । यसअघि हिजो मिथिलाञ्चलमा सातु खाएर सतुवाइन पर्व मनाइएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया